भरतपुर, जेठ २३-
विश्व वातावरण दिवसको अवसर पारी सामाजिक संस्था हाम्रो दृष्टि राम्रो दृष्टिले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित रहेको संस्थाको केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य बिजय सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरी ७५ जना भन्दा बढिले रक्तदान गर्नु भएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार बसन्त गैरे बिशिष्ट अतिथि सहित बिभिन्न सामाजिक संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।संस्थाका केन्द्रीय अध्यक्ष मुक्तिनाथ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाइ संस्थाका केन्द्रीय उपाध्यक्ष रोहन वगालेले सहजीकरण गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














