चितवन, जेठ २१-
भरतपुर महानगरपालिका–११ स्थित जनजागृती सामुदायिक वनमा निउरो टिप्न गएका स्थानीय एक पुरुषलाई बाघले आक्रमण गरेको छ ।
आइतवार बेलुका ५ बजेको समयमा भरतपुर–११ कुमालकोठी बस्ने २९ वर्षीय सुमन कुमाललाई बाघले आक्रमण गरेको हो ।
बाघले आक्रमण गर्दा कुमालको मुख र दाँहिने हातमा चोट लागि मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।














