चितवन, जेठ १९
चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित त्रिशुली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
अन्दाजी ४० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
महिलाको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागि भरतरपुर अस्पतलामा राखिएको प्रहरीले जनाएको छ ।














