काठमाडौं जेठ १४,
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३।९३ अंकले बढेको छ । नेप्से परिसूचक ०।१८ प्रतिशतले बढेर २११३।२७ विन्दुमा बन्द भएको हो ।
१४९ कम्पनीको सेयर मूल्य बढेको छ । ९० कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस दिन तीन अर्ब ८९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ९हिजो० चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ, होटेल तथा पर्यटन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ । बाँकी १० समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा लगानी समूह छ । यो समूहको परिसूचक १।८० प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार