भरतपुर, जेठ ६ –
सेन्ट्रल कलेज दोस्रो स्व. बिनिता पौडेल ९ ‘A’ Side खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
उक्त फुटबल प्रतियोगिताको उद्घाटन जेठ ८ गते मंगलबार ज्योतीनगरको फुटबल ग्राउण्डमा दिउँसो ३ बजे हुनेछ भने समापन जेठ १८ गते हुनेछ ।
उक्त प्रतियोगिताका आयोजक न्यू दिव्य ज्योती युवा क्लब, मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङग सेन्टर र सह–आयोजक बैदिक आयूर्वेद सेवा प्रा.लि रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख, ट्रफि र मेडल, दोस्रो पुरस्कार रु ५० हजार, ट्रफि र मेडल, म्यान अफ द म्याच रु १ हजार र मेडल, म्यान अफ द टुनामेन्ट रु २ हजार र मेडल, बेस्ट किपर रु १५०० र मेडल, हाइस्कोर रु १५०० र मेडल रहेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
उक्त प्रतियोगितामा न्यू दिव्यज्योती (आयोजक), ROD`S रामपुर, नेवा कटेज R.P.F.C, एकता युवा समाज भरतपुर- २३, भरतपुर- १८, जनकल्याण तमु समाज माडी ६, MAX-Y YOUNG BOYS, MIXED BOY लाहुरेचोक, चन्द्रनगर क्लब भरतपुर- २०, जितपुर, S.Y.C शारदानगर र G-BOY गितानगर गरी १२ जनाको टिम रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजसेवी एवम् सेन्ट्रल कलेजका प्रीन्सिपल यज्ञ विलास पौडेल ‘वाइवी’, वैदिक आयुर्वेदका संचालक चक्रपणी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबि)ले स्वर्गिय बिनिता पौडेलको सम्झनामा फुटलबल प्रतियोगिता गर्न पाउँदा आफुलाई गर्भ लागेको बताएका छन् ।
चितवनको कन्सल्टेन्शी जगतमा ब्राण्डका रुपमा स्थापित रहेको सेन्ट्रल कलेज विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ ।