भरतपुर, ४ जेठ
भरतपुर ११ स्थित थानेदार चोकमा स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा भरतपुर ७ का २० बर्षिय विशाल विक, स्कुटर पछाडि सवार सोही ठाउँकी २४ बर्षिया सुस्मिता विक, र साइकल यात्री भरतपुर १८ बलराम चोक बस्ने २१ बर्षिया सरिता सुनार रहेका छन् ।
बिहिबार साँझ ग १७ प २६५ नम्बरको स्कुटरले साइकललाई ठक्कर दिँदा साइकल र स्कुटरमा सवार घाइते भएका हुन्।
सरिता सुनारको ढाडमा चोट लागेको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाइतेहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।
स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।














