चितवन, ४ जेठ
भरतपुर महानगरपालिका वडा नं-४, क्यान्सर अस्पताल २ नम्बर गेटअगाडि नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री वृद्ध घाइते भएका छन् ।
नम्बर नखुलेको स्कुटरले पैदलयात्री स्याङ्जा घर भई भरतपुर-४, पिपलचोक बस्ने ६१ वर्षीय रणबहादुर भट्टराई घाइते भएका छन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र स्कुटर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।














