चितवन, १९ वैशाख
भरतपुर महानगरपालिकाले सार्वजनिक सवारीका साधनहरूमा भ्रमण वर्षको लोगो अंकित स्टिकर टाँस गर्न सुरु गरेको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि महानगरपालिकाले भरतपुर भएर चल्ने लामो तथा छोटो दुरिका सबै सार्वजनिक सवारीसाधनहरुमा स्टिकर टाँस्न सुरु गरेको हो ।
आज बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनलबाट महानगर उपप्रमुख चित्रसेन अधिकारीले सवारीसाधनमा स्टिकर टाँसेर कार्यक्रमको शुभारम्भ गरे ।
“हामीले भ्रमण बर्षलाई ऐतिहासिक बर्षका रुपमा लिएका छौ,आन्तरिक तथा बाहिय पर्यटकहरुले सम्झन र चर्चा गर्न लायकको महानगर बनाउने छौ” उपप्रमुख अधिकारीले भने । सवारीसाधनमा टाँसिएको स्टिकरले भरतपुर भ्रमण वर्ष प्रचार गर्न थप टेवा पुग्ने उपप्रमुख अधिकारीको भनाइ छ।
महानगरपालिकाले सवारीसाधनमा दुई हजार स्टिकर टाँस्ने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














