चितवन, २९ चैत
चितवनमा भान्जाको कुटपिटबाट मामाको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाउँपालिकामा वडा नम्बर-१ स्थित ज्यानदाला बस्ने ४२ वर्षीय चन्द्रबहादुर चेपाङ रहेका छन् ।
चन्द्रबहादुरलाई आफ्नै भान्जा २३ वर्षीय लोक बहादुर चेपाङले कुटपिट गरेका हुन्। मंगलबार मदिरा सेवन गरेका मामा भान्जाबिच विवाद उत्पन्न भएको थियो । सोहि विवाद हुँदा भान्जाले मामालाई कुटपिट गरेका हुन् ।
चितवन प्रहरीका अनुसार, कुटपिटपछि मृतक चन्द्रको श्रीमतीले दुवैलाई छुट्टाएकी थिइन् । चन्द्रलाई घरमा ल्याएर सुताएपछि राति नै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हत्यामा आरोपित भान्जा लोकलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको चितवन प्रहरीले जनाएको छ ।







