भरतपुर, चैत २६
नारायणी नदी किनारमा आदिवासी जनजाति महोत्सवमा बनाइएका घरहरुमा आगोलागी भएको छ ।
आगोलागीबाट सबै घरहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नारायणी नदी किनारमा विभिन्न जात जातिका ११ वटा घर बनाइएको थियो । यी घरहरु सबैमा आगो फैलिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा नारायणी नदी–किनारमा चैत्र ९ गतेदेखि २१ गतेसम्म सांस्कृतिक महोत्सव भएको थियो । आगोलागीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







