नारायणगढ, १८ चैत
प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा आज सुगमसंगीतका ख्यातीप्राप्त गायक शिव परियारले सांगीतिक प्रस्तुति दिँदैछन् ।
नारायणी नदी किनारमा जारी महोत्सवको दसौँ दिनमा गायक परियारको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।
साथमा स्थानीय कलाकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको प्रस्तुति रहने छ। यस्तै आदिवासी जनजाति समुदायका साँस्कृतिक प्रस्तुतिले पनि निरन्तरता पाइरहेको छ ।
शनिबार चर्चित गायक गायिका प्रीति आलेमगर र रमेशराज भट्टराईले माहोल तताएका थिए ।








