नारायणगढ, १८ चैत
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले ‘फोनिज बुलेटिन’को नयाँ अङ्क प्रकाशन गरेको छ । शनिबार नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको मञ्चबाट उक्त बुलेटिन सार्वजनिक गरिएको हो ।
संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका संघीय अध्यक्ष गोविन्दराम चेपाङसहित कलाकारहरू प्रीति आले र रमेशराज भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष महेन्द्र दुरालगायतका व्यक्तित्वहरूको उपस्थितिमा बुलेटिन सार्वजनिक गरिएको हो ।
हरेक वर्ष नियमित गराउने गरी बुलेटिन प्रकाशन गरिएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए । यसअघि सन्दीपकुमार श्रेष्ठ अध्यक्ष हुँदा फोनिज चितवनले स्मारिका प्रकाशन गरेको थियो ।
त्यसकै निरन्तरतास्वरूप रमेश रानामगर अध्यक्ष भएपछि दोस्रोपटक बुलेटिन प्रकाशन गरिएको हो ।







