चैत्र १५,चितवन ।
नर्सिङ अध्ययन गरिरहेका र रजिष्टर्ड नर्सहरुका लागि शहीद चोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले यहि चैत्र १६ गते शुक्रबार वैदेशिक अध्ययन तथा करियर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ।
उच्च शिक्षा अध्ययनका लागि नर्सहरुलाई बिशेष गरि अष्ट्रेलिया, युके, क्यानडा, युएसए लगायतका मुलूकहरु उचित गन्तब्य मानिन्छ। यी बिभिन्न मुलूकहरुमा अध्ययन गर्न जान चाहनेहरुका लागि दुई वटा सेशन कायम गरि कार्यक्रम आयोजना हुदैछ । पहिलो सेशन बिहान ११:३० बजे र दोश्रो सेशन अपरान्ह ३:३० बजे रहनेछ। प्लस टु मा बायो साइन्स गरेका, पिसिएल नर्सिङ, बि. एस्सी. नर्सिङ, एम. एस्सी. नर्सिङ, र रजिष्टर्ड नर्सहरुले यस कार्यक्रममा भाग लिन सक्नेछन।
कि स्पिकरको रुपमा क्वालिफाइड एजुकेशन काउन्सिलर तथा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रवन्ध निर्देशक प्रकाश पाण्डे रहनु हुने सो कार्यक्रम नर्सिङ सङ्ग सम्बन्धित सबैका लागि अत्यन्त महत्वपूर्ण हुने बताईएको छ। यस अघि मेट्सले फाल्गुण २७ गते आइतबार ‘मेट्स इन्टरनेशनल एजुकेशन फेयर -२०२४’ कार्यक्रमको आयोजना गरेको थियो।
डेढ दशक देखि चितवनमा अभिभावक एवम बिद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै अष्ट्रेलिया,युके, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड, युएसए लगायतका मुलूकहरुमा अध्ययन गर्न जान चाहने बिद्यार्थी हरुका लागि डकुमेन्टेसन देखि प्रोसेसिङ्गको कार्य सफलतापूर्वक गर्दै आइरहेको छ । आइएलटिएस तथा पिटिई कक्षा बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म सन्चालन हुदै आइरहेको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले यस पछि छिट्टै नै प्लस टु दिएका बिद्यार्थीहरुका लागि एक बृहत कार्यक्रमको आयोजना समेत गर्दैछ ।