भरतपुर, ४ चैत
नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित टायर पञ्चट भई रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोक्किदा बसमा सवार एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको प्रहरीले जनाएको छ।
आज बिहान रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।
घाइते हुनेमा ट्रक चालक पर्सा विरगन्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया (खुट्टामा मध्यम चोट), बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने बर्ष २५ की पुजा गुप्ता (मुखमा मध्यम चोट), भारत सितामढि जिल्ला रमनगरा बस्ने बर्ष ३२ को अम्बर नाथ कुमार (टाउकोमा मध्यम चोट) र भारत विहार राज्य मजापुर जिल्ला बस्ने बर्ष ३९ कि रिता गुप्ता (सामान्य) रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने बर्ष ३९ को लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







