चितवन, १५ फागुन
पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरीङ संकायको आब्ह्वान र नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एन.पी.आई.) भरतपुर चितवनको आयोजनामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इन्जिनियरीङ संकायका विभिन्न ७ वटा कार्यक्रमहरुका १०० भन्दा बढी विषयका पाठ्यक्रम विकास कार्यशाला भरतपुरस्थित कविलास रिर्सोटमा सम्पन्न भएको छ ।
फागुन १२ गते पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्घाटन गरि विभिन्न विषय समितिका ६० जना भन्दा विशेषज्ञद्घारा पाठ्यक्रम निर्माण गरी फागुन १४ गते उक्त कार्यशालाको समापन गरिएको थियो ।
यस अघिको पाठ्यक्रममा सैद्घान्तिक पक्षलाई प्राथमिकतामा राखिएकोमा हालै सम्पन्न कार्यशालाले निमार्ण गरेको पाठ्यक्रममा प्रयोगात्मकलाई बढि प्राथमिकतामा राखिएको इन्जिनियरीङ संकायका डिन प्रा.देवि प्रसाद भट्टराईले जानकारी दिनुभयो । इन्जिनियरीङका विषयहरुलाई थप आधुनिकीकरण गरी समय सापेक्षिक र औधोगिकीकरण संग जोडेर बनाइएको पाठ्यक्रमले विद्यार्थीहरुको व्यवसायीक क्षमता अभिबृद्वि गर्न कोषे ढुंङ्गा हुने विश्वास पनि प्रा. भट्टराईले गर्नुभयो ।
तिनदिने कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. यादवराज कोइरालाले विश्वविद्यालयको सम्रग पहिचान नै त्यसको पाठ्यक्रम भएको हुँदा पाठ्यक्रम युग र माटो सुहाउदों हुनुपर्ने जोड दिनुभयो । उक्त कार्यशालालाई सम्बोधन गर्दे विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले ईन्जिनियरीङ अध्ययनपछि विद्यार्थीहरु बेरोजगार नहुने सुनिश्चितता सहितको पाठ्यक्रम निर्माण हुनुपर्नै वताउनुभयो । उद्घाटन कर्यक्रमा स्वागत मन्तव्य नेपाल पोलिटेक्निक ईन्स्टिच्युट (एन.पी.आई.)का सह–प्राचार्य दिपक ढकालले दिनुभएको थियो भने कार्यक्रमको संचालन पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरीङ संकायका प्रशासकिय अधिकृत राजकुमार सापकोटाले गर्नुभएको थियो ।
उपकुलपति कोइरालाको बिदाई
कार्यशालाको दोस्रो दिन पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालको पु.वि. अन्र्तगत इन्जिनियरीङ संकायले औपचारिक रुपमा बिदाई गरेको थियो । प्रा.डा. कोइराला ४ वर्षे नियमित कार्यकाल पुरा गरी यही फागुन १९ गते देखि अवबास हुदै हुनुहुन्छ । विदाई कार्यक्रममा बोल्दै आफु विश्वविद्यालको उप कुलपतिमा आउँदा थुप्रै चुनौतीका चाँङ रहेको र आफ्नो चार वर्षै कार्यकालमा विश्वविद्यालयलाई अगाडी बढाउन धेरै हदसम्म सफल भएको प्रा.डा. कोइरालाले बताउनुभयो । उहाँलाई इन्जिनियरीङ संकायका डिन प्रा. देवि प्रसाद भट्टराई लगायत उपस्थित सबैले फुल,माला, अविर र मायाको चिनोले विदाई गर्नुभयो ।