भरतपुर, ११ फागुन
भरतपुरमा महिलालाई कुटपिट गरेको आरोपमा एकजना पक्रउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२२ बोटे टोल बस्ने ३९ वर्षीय ईश्वरकुमार महतो रहेका छन् । उनले सोहि ठाउँ बस्ने ४९ वर्षीय आशामती महतोलाई बिहीवार राति करिब ११ बजे कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार सामान्य विवाद हुँदा ईश्वरकुमारले आशामतीलाई बाँसको लाठिले टाउकोमा हान्दा टाउकोमा गम्भीर चोट लागेको हो । अहिले आशामतीको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







