चितवन, ८ फागुन
चितवनको खैरहनी नगरपालिका २ चैनपुरमामा घाँटीमा चक्कु रोपिएको अवस्थामा युवकको शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको हो ।
आज बिहान करिब ७ बजे बन्दै गरेको हर्बल कम्पनीको पर्खाल नजिकै शब फेला परेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको छ ।
घटनास्थलमा फोरेन्सिक जाँच गर्ने चिकित्सक पनि पुगेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







