चितवन, ७ फागुन
नारायणगढ–मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । पहाड काट्नको लागि फागुन १२ गतेसम्म समय दिइएको छ ।
उक्त सडकखण्डमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ ।
इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ। करिब ६० मिटर पहाड रहेको सडकमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटिसकेको उनले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डमा १४ वटा पुलको काम सम्पन्न भइसकेको र एउटा पुल बनाउन बाँकी रहेको छ। यसै वर्षसम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको इन्जिनियर आचार्यले जनाकारी दिए ।








