भरतपुर, ३ फागुन
जिल्ला प्रहरी कार्यालय चितवनले बेवारिसे अवस्थामा रहेका सवारी साधनहरु हकदाबी गर्न १५ दिने सुचना सार्वजनिक गरेको छ ।
एम्बुलेन्स, कार बोलेरो गाडी गरेर ९ वटा चार पाङ्ग्रे सवारीसाधन र ४७८ वटा विभिन्न ब्राण्डका स्कुटर र मोटरसाइकल रहेको प्रहरीले सुचनामा उल्लेख गरेको छ । विभिन्न घटना तथा दुर्घटनामा नियन्त्रणमा लिएका उक्त सवारी साधन हकदाबी गर्न चितवन प्रहरीले आग्रह गरेको छ ।
तोकिएको समय भित्र हक दाबी गर्न नआएमा सरकारी सम्पती तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धि कार्यबिधि २०७९ को परिच्छेद ३ को दफा २० को उपदफा १ र २ मा ब्यबस्था भए बमोजिम आवश्यक प्रक्रिया पुराएर सवारी साधन लिलामीमा जाने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।







