३ फागुन, चितवन
अष्ट्रेलिया, युके, आयरल्याण्ड लगायतका मुलुकहरुमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि लक्षित गरि शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले फाल्गुण ४ गते शुक्रबार ‘ एडमिसन डे’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मेट्स चितवन नारायणगढ शाखामा आयोजना हुने सो कार्यक्रममा अष्ट्रेलिया, युके, आयरल्याण्ड बिभिन्न युनिभर्सिटी कलेजका बारेमा विद्यार्थीहरुले बिस्तृत जानकारी प्राप्त गर्न सक्नेछन। कलेजको फि तथा स्कलरशिप एवम डकुमेन्टेशनको लागि आवश्यकीय सम्पूर्ण परामर्श प्राप्त गर्न सकिने सो कार्यक्रममा विद्यार्थीहरु सहभागी हुन सक्नेछन् ।
बिगत डेढ दशक देखि शैक्षिक परामर्शको क्षेत्रमा चितवनमा अनवरतरुपमा कृयाशील रहदै आइ रहेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाले जिल्लामै अत्याधुनिक पिटिई ल्याबमा विद्यार्थीहरुलाई अध्यापन गराउदै आइरहेको छ ।
यस अघि गत असोज १२ गते शुक्रवार ‘अष्ट्रेलिया क्यानडा इन्फो डे’ नामक वृहत् कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको थियो। आगामि कार्यक्रम ‘एडमिसन डे’ मा सहभागी हुने बिद्यार्थी पूर्णरुपमा लाभाविन्त हुने मेट्स ईन्टरनेशनलका रिजनल म्यानेजर प्रकाश पौडेलले बताउनु भयो ।