भरतपुर, ३ फागुन
भरतपुरमा टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा भरतपुर २७ बस्ने ४७ वर्षीय हरि बहादुर महतो र निजको छोरी २२ वर्षीय दिपा महतो रहेका छन् ।
भरतपुरबाट चनौली तर्फ जादै गरेको ना८ख ६२८७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको प्र २-०३-००१ प ५६९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकल चालक हरिको अवस्था गम्भिर र उनको छोरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । हाल दुवैजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
भरतपुर महानगरपालिका १५ स्थित होपदाना फ्याक्ट्री अगाडी बिहान करिब ८:५० बजेको समयमा दुर्घटना भएको हो ।







