चितवन, माघ २८
चितवन प्रहरीले स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने १० मोटरसाईकललाई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट खटिएको संयुक्त प्रहरीले भरतपुर महानगरपालिकाका विभिन्न स्थानबाट स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
पछिल्लो समय भरतपुर क्षेत्रमा आतंकित तुल्याउने गरी ठुलो आवाजमा मोटरसाइकल चलाउँदै आएको पाइन्छ । जसले गर्दा ध्वनि प्रदुषणका साथै दुर्घटना निम्तन सक्ने उनले बताए । पहिलो पटक उनीहरुलाई सात हजार ५० रुपैयाँ जरिवाना गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार