चितवन, २८ माघ
कृषि तथा वन विज्ञान विश्वविधालयको केन्द्रीय क्याम्पस कमिटि प्राविधिक विद्यार्थी संघ नेपाल (TSAN)द्वारा आयोजित खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगिता विश्वविधालयको प्राङ्गणमा संचालन गरिएको थियो ।
प्रतियोगितामा भरतपुर महानगरपालिकाका विभिन्न बिधालयका ३२ समूहहरूले आफ्नो बुद्धिमत्तासँग प्रतिस्पर्धा गरेका थिए । विभिन्न विषयमा प्रश्नहरू उत्तर गर्दै उनीहरूले अर्को पाठब्याख्यानको समाप्तिमा उत्साहित भएका थिए ।
केन्द्रिय कमिटी TSANका अध्यक्ष महेश खड्काको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर डा.सारदा थपलिया प्रमुख अतिथिको रूपमा आउनु भएको थियो । यसैगरि विशिष्ट अतिथिको रूपमा विश्वविद्यालयका डिन प्रोफेसर डा.अर्जुन कुमार श्रेष्ठ र अन्य अतिथिहरु पनि आउनु भएको थियो ।
सो प्रतियोगितामा अर्किड स्कुलका विद्यार्थीहरु प्रथम भएका थिए । TSANका उपाध्यक्षले पुरस्कार वितरण गरेका थिए ।
यस ईभेन्टले विद्यार्थीहरूलाई एक-अर्कासँगको परस्परिता र शिक्षामा प्रोत्साहित गर्ने माध्यम प्रदान गरेको थियो । सो प्रतियोगिता सेन्ट्रल कलेज र वेब एजुकेशनको सहकार्यमा भएको थियो ।