भरतपुर, २८ माघ
पूर्वराजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह आज चितवन आउने भएका छन् । शाह बुद्द एयर मार्फत दिउँसो २ बजे चितवन आउने भएका हुन् ।
तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि भरतपुर आउने सचिवालयले जनाएको छ ।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह चितवन जिल्लाको भ्रमणको सिलसिलामा यो हप्ता भरतपुर सवारी होइबक्सँदै छ,’ सचिवालयले भनेको छ ।







