चितवन, २६ माघ
नारायणी नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
भरतपुरस्थित पोखरा बसपार्कको पछाडिपट्टि नारायणी नदीमा अन्जाजी ४५ वर्षका पुरुष मृत फेला परेका हुन् ।
उक्त पुरुषको शव नदीमा घोप्टो परेको अवस्थामा भेटिएको हो । प्रहरीका अनुसार ति व्यक्तिको अनुहार सडे गलेको र चिन्न नसकिने अवस्थामा रहेको छ ।
अहिलेसम्म शवबारे कुनै पहिचान नखुलेको प्रहरीले जनाएको छ ।








