-माधव सापकोटा
माघ २५ , चितवन
भरतपुर -४, धर्मचोकस्थित नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महा-महोत्सव २०८० को जानकारीका भोलि दिउसो २:३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

महोत्सवको मिति नजिकिँदै गर्दा ठाउँठाउँमा भेला, भेटघाट आदिका माध्यमबाट प्रचारप्रसारको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
गैंडाकोट १० मा लोकनाथ कंडेल, गैंडाकोट १४ मा धनपति सापकोटा, गैंडाकोट १६ र १७ मा लक्ष्मीप्रसाद सापकोटा, देवचुली ११ मा टीकाराम न्यौपाने, देवचुली १४ मा रङ्गराज शर्माको संयोजकत्वमा उपसमितिहरू गठन गरिएको मूलसमितिका सचिव डा. गोपीनाथ कंडेलले जानकारी दिनुभयो ।








