भरतपुर, २५ माघ
एस डी टेक कम्पनीले उद्यमीहरुको लागि एक महिने डिजिटल उद्यमी तालिम सुरु गर्ने भएको छ । स्वदेशमा उद्यम गर्न चाहाने युवाहरुलाई लक्षित गर्दै फागुन १ गतेदेखि कम्पनीले तालिम आयोजना गर्न लागेको हो ।
आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै उक्त तालिम स:शुक्ल संचालन हुने जानकारी दिइएको हो ।
युवाहरुलाई व्यवसाय डिजिटल माध्यममा विस्तार गर्न टेवा पुग्ने कम्पनीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए । देवकोटाका अनुसार तालिममा सामाजिक संजालमा कसरि पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, कसरि डिजाइन गर्ने, कसरि एड रङ गर्ने, गुगल एड कसरि गर्ने, गुगल म्याप्सबाट कसरि व्यवसाय प्रवर्धन गर्ने, वेवसाइट व्यवस्थापन लगायतका कुराहरु सिकाइनेछ ।
तालिममा सहभागी हुनेहरुलाई एकाउन्ट ह्याक हुने गतिबिधिबाट कसरि बच्ने र साइबर सचेतनाका बारेमा पनि जानकारी दिइने कम्पनीले जनाएको छ ।
तालिममा भौतिक रुपमा सहभागी हुनुपर्ने छ । तालिम कम्पनीको कार्यालय भरतपुर १० मा हुनेछ । तालिमबारे ९८५५०१८०४६ मा सम्पर्क गरेर थप बुझ्न सकिने कम्पनीले बताएको छ ।








