Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै

चितवन, २५ माघ
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।

भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।

भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुनुहुन्छ । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उहाँले सबै जिम्मेवारी थेग्न सक्नुभएन र उहाँलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो ।

गीताले भन्नुभयो, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहँुदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”

गीताले श्रीमान्लाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमान्लाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”

त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।

अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय हुनुहुन्छ । उहाँले घरखर्च आफँैले कमाएर चलाउनुभएको छ । उहाँले भन्नुभयो, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उहाँ आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आउनुभएको छ ।

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताउनुभयो ।

भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताउनुभयो । घरम निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर हुनुभएको उहाँ अहिले त्यस्तो नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामी परियोजनामार्फत बचत गर्ने र आफूले पनि केही गर्नुपर्छ भन्ने भएपछि अहिले त्यस्तो समस्या छैन ।” बचत गर्ने बानीको विकास र मानसिकरूपमा हुने समस्या समाधानका लागि मनोपरामर्श तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाउनुभएकी भरतपुर–२५ की राधा खाती अहिले मानासिक र शारीरिकरूपमा स्वस्थ हुनुहुन्छ । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उहाँलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उहाँले गुनासो गर्दैगर्दा उहाँ निकै भावुक बन्नुभयो ।

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताउनुभयो । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उहाँले सुनाउनुभयो । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उहाँहरूको परिवारमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।

भरतपुर–१७ की चन्द्रमाया दुरा अब वैदेशिक रोजगारमा रहनुभएका श्रीमान्लाई नेपालमा बोलाएर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ । विगत सात वर्षदेखि वैदेशिक रोजगारका क्रममा कतारमा रहनुभएका उहाँका श्रीमान्लाई बोलाएर यही काम गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । श्रीमान विदेशमा हुँदा कमाएको पैसा केही वचत गरेर अहिले थोरै कुखुरा पालेको बताउँदै उहाँले अब श्रीमानलाई विदेश नपठाउने बताउनुभयो । उहाँले भन्नुभयो “परिवारको जिम्मेवारी उठाउने श्रीमान नहुँदा मानसिक रुपमा समस्या हुँदो रहेछ ।”

भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ । राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, माघ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.