भरतपुर, २२ माघ
गएराति चितवनको रत्ननगर नगरपालिका ६ सौराहास्थित हात्ती चोकमा दुर्घटना भएको छ।
हात्तीचोकबाट गैडाचोकतर्फ जाँदै गरेको बिएसी ९००६ नम्वरको हाइलक्स गाडी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा बिजुलीको तिनवटा पोल भाचिंएर ट्रान्समिटरमा क्षती भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेहरुमा गाडीमा सवार गैडाकोट १३ का २७ बर्षिय बिपिन पराजुली र भरतपुर १९ का २२ बर्षिय मनिष लामा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइएको छ । दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







