-माधव सापकोटा
माघ १८, चितवन
भरतपुर -४, धर्मचोक, लंकुमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० सम्पन्न गर्न आज रत्ननगर १० उपसमिति गठन गरिएको छ ।

मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको उपस्थितिमा रत्ननगर -१०, सिद्धेश्वरधाम मन्दिरमा बसेको एक भेलाले दामोदरी मिश्रको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

सह- संयोजकमा गङ्गाराम आचार्य, सचिवमा सदानन्द आचार्य, कोषाध्यक्षमा गोविन्द अधिकारी, सदस्यमा वासुदेव आचार्य, भागवत आचार्य, धनेश्वरआचार्य, नेमराज पौडेल, लक्ष्मी घिमिरे, राधिका मिश्र, दुर्गादत्त रिजाल चयन हुनुभएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








