– माधव सापकोटा
माघ ११, चितवन
भरतपुर- ४, धर्मचोकमा आगामी फागुन २ देखि १० गतेसम्म चल्ने लक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण-प्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को पञ्चकुण्डीय विष्णुयाग यज्ञशाला निर्माण कार्यको आज शुभारम्भ गरिएको छ ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य एवम् पञ्चकुण्डीय विष्णुयागका सह- यज्ञाचार्य दामोदर सापकोटा गुरुको सान्निध्यमा नव मन्दिर निर्माण समितिका अध्यक्ष दानवीर गोपालप्रसाद कंडेलले शुभारम्भ गर्नुभएको हो ।
स्तम्भको पूजा-अर्चनाका साथ शुभारम्भ गरिएको थियो ।







