Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै नर्सुल्ला मियाँ

नवलपरासी, १० माघ
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आउनुभएको छ ।

बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आउनुभएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थाल्नुभएको हो । बितेको २० वर्षमा तरकारीबाटै मियाँको जीवन धेरै बदलिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ । मियाँले भन्नुभयो, “तरकारीखेतीबाटै मैले जीवनमा प्रगति गरेको हुँ, यहीँ व्यवसायबाट सबै परिवारलाई यहीँ सारेँ, घरघडेरी जोडे अनि चारजना छोराछोरीको पढाइसँगै विवाह पनि उम्काइसकेँ ।”

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गर्नुभएका मियाँले वार्षिक तीन याममा तरकारी उत्पादन गर्ने गर्नुभएको छ । अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याइनभ्याई भएको छ । केही हप्ताअघिसम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै प्रतिकिलो रु २५ मा बेच्नुभएको छ । “काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएकामध्ये आठ कठ्ठाको तरकारी बिक्री भइसक्यो”, उहाँले भन्नुभयो, “यो याममा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पूरै घाटा त हुँदैन जस्तो छ ।”

वर्षभरि तरकारी फलाउने र बेच्ने मियाँले नाफाघाटाको हिसाब भने वैशाखमा मात्र गर्ने गर्नुभएको छ । एक याममा तरकारी लगाउँदा करिब रु तीन लाख खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । कुनै याममा लगानीसमेत नउठ्नेगरी घाटा हुने गरेको मियाँको अनुभव छ । “तरकारीको बजारभाउ घटबढ हुनाले सबै सिजनमा नाफै हुन्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “एक याममा घाटा भए पनि अर्कोमा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यका साथ काम गर्ने गरेको छु, त्यसैले आजसम्म टिकेको हुँ ।”

आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारीखेतीमा नै रमाउने मन छ । यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कठ्ठा जमिन जोड्न सफल हुनुभएका मियाँका छोराछोरी पनि अहिले तरकारीखेतीमा सहभागी भएका छन् । “मेहनत गरे कृषिक्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ”, उहाँले भन्नुभयो ।

देशमा सम्भावना नदेखेर युवाहरू विदेशिने क्रम बढिरहेको बेलामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मियाँजस्तै किसानले तरकारीखेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । त्यसैमध्येका अर्का देवचुली–१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारीखेती गर्नुहुन्छ । वीरगञ्ज घर भएका नौसादको परिवार तरकारीखेतीकै लागि देवचुली आएको हो ।

उहाँको बारीमा काउली फलेका छन् । तीन याममा तरकारी फलाउने नौसादले अहिले धान भित्र्याएपछि टमाटर, भिन्डी, घिरौँला लगाउनुभएको छ । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् । बजारको खासै पिर छैन । “तीन सिजन तरकारीखेती गर्ने गरेका छौँ, धान काटेर तरकारी लगाउँछौँ”, उहाँले भन्नुभयो, “तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौँ, वर्षभरि खाने अन्न पनि जोहो हुन्छ ।”

अघिल्लो सिजनमा लगाएको काउलीको उचित मूल्य नपर्दा मियाँले आधा नै घाटा बेहोर्नुपर्यो । अबको उत्पादनले भने राम्रो आम्दानी हुने मियाँले आशा राख्नुभएको छ । तरकारीले लागतअनुसारको मूल्य पाए सबै खर्च कटाएर एक सिजनमा रु ६० हजारसम्म बचत हुने उहाँको अनुभव छ । तरकारीखेतीबाटै नौसादको घरपरिवार राम्रोसँग चलेको छ । “कहिलेकाहीँ ठीकठीकै हुन्छ, कहिलेकाहीँ घाटा पनि हुन्छ, आत्तिनु भएन”, उहाँले भन्नुभयो, “एक याममा रु छ–सात लाखको कारोबार हुन्छ ।”

तरकारीखेतीबाटै नौसादले छोराछोरीको पठनपाठन, औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाउनुभएको छ । उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौँ निर्यात हुने गरेको उहाँले बताउनुभयो । “वर्षौँँदेखि व्यावसायिक तरकारीखेती गरे पनि सरकारले भने आवश्यकतानुसार सहयोग गरेको छैन”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान वास्तविक किसानसम्म आउनै सकेको छैन ।”रासस

Chitwan Aaja चितवन आज
बुधबार, माघ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

ताजा समाचार

सबै

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.