चितवन, माघ ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कसरी सहकारीमा पैसा डुबेका मान्छेको सुरक्षा गर्न सकिन्छ भन्नेमा चिन्तित रहेको बताएका छन्।
भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंगको भेटमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन्।
‘बचत कर्ताको सुरक्षा राजनीतिक दलका रूपमा जनप्रतिनिधिका रूपमा र जिम्मेवार व्यक्तिमा रूपमा मेरो प्राथमिकता हो’, चितवन क्षेत्र नम्बर दुई बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले भने ‘कसरी सहकारीमा पैसा डुबेका मान्छेको सुरक्षा गर्न सकिन्छ भन्नेमा चिन्तित छु।’