चितवन, २३ पुस
उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि आज विहान पौने ९ वजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । दिउसो पौने ३ वजेसम्म १३ सय जनाले मतदान गरिसकेको निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार साँझ पौने ६ वजेसम्म मतदान चल्ने छ । मतदान सम्पन्न भएपछि हुने सर्वपक्षिय छलफल पछि राति ९ वजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । अध्यक्ष पदमा सिरिष पन्त र सुमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा देखिएको छ । पन्त संघको हालको उपाध्यक्ष हुन् भने श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुन् ।
नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु आबद्ध संघमा २ हजार ८५४ मतदाता छन् ।







