Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक २३, २०८२
☰
Logo आइतबार, कार्तिक २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. हेर्नुस तपाइँको आजको राशीफल

  • ५. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ७. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ८. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • ९. सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

  • १०. चितवनको माडी जाने निकुञ्जभित्रको सडकमा मोज्याक टायल लगाइने

लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार, २०२३ मा आए साढे २ लाख पर्यटक

लुम्बिनी पुस,१८
कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२३ मा दुई लाख ६६ हजार ५१० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन् । दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्नुभएको थियो ।

कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ ।
त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ । भारतीय पर्यटकमात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन पनि पछिल्लो समय बढेको छ ।

सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार आठ सय ४२ र नोभेम्बर महिनामा २८ हजार आठ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ । यसअघि सन् २०२२ मा दुई लाख ३० हजार आठ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार एक सय १५ र नोभेम्बर महिनामा ३८ हजार छ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ ।

जबकि दुई वर्षअघि सन् २०२१ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या जम्मा ४३ हजार सात सय ३२ र २०२० मा ३७ हजार २०६ जना भारतीय पर्यटक भ्रमणका लागि लुम्बिनी आएका थिए ।

‘यसअघि यति धेरै सङ्ख्यामा भारतीय पर्यटक लुम्बिनीको भ्रमणमा आएका थिएनन्’, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भने, ‘मोदीको भ्रमण लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सहयोगी बन्यो ।’ मोदीको लुम्बिनी भ्रमणबाट लुम्बिनीको भारतभरि प्रचारप्रसारमा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२२ मा जम्मा २३ हजार नौ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो सङ्ख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ ।

कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट सोह्र हजार एक सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।

त्यसपछि थाइल्याण्डबाट १५ हजार सात सय २१, भियतनामबाट १० हजार चार सय १४ र म्यानमारबाट १० हजार तीन सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ । यसबाहेक चीनबाट छ हजार एक सय १३, दक्षिण कोरियाबाट पाँच हजार तीन सय दुई, जर्मनीबाट दुई हजार एक सय ९८, कम्बोडियाबाट दुई हजार एक सय ४९ जनाले भ्रमण गरेका छन् ।

सन् २०२१ मा जम्मा एक हजार एक सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए । यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार नौ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार दुई सय १० पुगेको छ ।

विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् ।

आन्तरिक पर्यटक पनि बढे

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोभिड महामारीका कारण बर्सेनि लाखौंको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटक पनि ठप्पजस्तै रहेको थियो ।

कोभिड महामारी सुरु हुनु पहिले सन् २०१९ मा लुम्बिनी भ्रमणमा ११ लाख ७८ हजार एक सय ४० आन्तरिक पर्यटक आएका थिए । तर कोभिड सुरु भएपछि यो सङ्ख्या घटेर सन् २०२० मा दुई लाख १० हजार ३३ जना पुगेको थियो ।

 

Chitwan Aaja चितवन आज
बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने
चितवनमा अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

ताजा समाचार

सबै

चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

चितवनमा अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

दुर्गा प्रसाई; तपाईंको बस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस्

गोरखामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

चितवनको खैरहनीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु

विश्व रेडियोग्राफी दिवसको अवसरमा र्‍याली तथा जनचेतना कार्यक्रम

खेलकुद महोत्सवमा : पाँच दिनमा डेढ लाख दर्शकले गरे अवलोकन, आज एकैदिन ५० हजार

अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ : मुख्यसचिव अर्याल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ५.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech