चितवन, पुष १७ –
सिनियर एजेन्सी म्यानेजर मुक्तिनाथ काप्री सन् २०२४ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बाटै प्रथम सिओटी बन्न सफल भएका छन् ।
मुक्तिनाथ काप्रीले सन् २०२४ मा एक करोड २६ लाख रुपैयाँ भन्दा बढी वीमा शुल्क आर्जन गरी कोट अफ दि टेबल सिओटीमा पनि सफल भएको कम्पनी नारायणगढ शाखाका शाखा प्रमुख रमेश कुमार पौडेलले जानकारी दिनुभयो ।
मुक्तिनाथ काप्री एमडिआरटिमा सन् २०२० देखि हालसम्म लगातार छनोट हुँदै आएका छन् । अहिले अािर्थक मन्दीको समयमा एमडिआरटिको लक्ष्य हािसल गर्न धौधौ परिरहेको अवस्थामा मुक्तिनाथ काप्रीले भने एमडिआरटिको तिन गुणा भन्दा बढी व्यवसाय गरेर सिओटी बनी उदाहरणीय काम गरेका छन् । एमडिआरटि वीमा अभिकर्ताको व्यवसायिक दक्षता वृद्धिका लागि महत्वपूर्ण प्लेटफार्म हो ।
पहाडी जिल्ला धादिङको खरी गाविसमा जन्मिएका काप्री एसएलसी पछि प्रविणता प्रमाणपत्र अध्ययनको लागि चितवन आए । पदमपुर दिदीको घरमा बसी सप्तगण्डकी बहुमुखी क्याम्पसबाट प्रविणता तह सके । स्नातक पनि त्यही क्याम्पसमा भर्ना भए ।
आर्थिक अवस्था कमजोरका बाबजुद पढाइलाई निरन्तरता दिनका लागि काम गर्ने सोच बनाए । उनी सम्झन्छन्, ‘मलाई हरेक सुख दुःखमा साथ दिने मेरो आदरणीय दाजु रेवती ढकालले भाजुरत्न ई. एण्ड सेल्स लि. मा काम गर्ने व्यवस्था मिलाइ दिनुभयो ।’ उनले त्यहाँ बिक्री प्रतिनिधिको रुपमा काम गर्ने अवसर प्राप्त गरे । शोरुममा आउने ग्राहकहरुसँग स्पष्ट बोल्ने, ग्राहकहरुलाई राम्रोसँग प्रभावित पार्न सक्ने क्षमता उनीमा थियो ।
अभिकर्ता पेशामा किन र कसरी भनेर सोध्दा उनी भन्छन्, ‘नेपाल लाइफ इन्स्यारेन्समा एजेन्सी म्यानेजर भएपछि कम्पनीले स्कुटर बाइक दिने रहेछ । नेपाल लाइफ इन्स्योरेन्सबाट स्कुटर लिन आएको भन्दै आदरणीय दिदी लक्ष्मी कँडेल आउनु भो । उहाँले स्कुटर लिनु भो र मलाइ भन्नुभयो, ‘भाइ वीमा गर्नु भयो ।’ मैले भने, ‘पैसा छैन, के वीमा गर्नु ?’ ‘त्यसो हो भने वीमामा अभिकर्ताको रुपमा काम गर्नु राम्रो हुन्छ । जागिर छोड्नु पर्दैन’ उहाँले भन्नु भयो, ‘पैसा आउँछ राम्रो हुन्छ भनेपछि मैले अभिकर्ता बन्नको लागि डकुमेन्ट उहाँलाई दिएँ ।’
२०६८ सालमा अभिकर्ता बनेका उनले सुरुवाती समयमा त्यही शोरुममा बाइक स्कुटर किन्न आउने ग्राहकरुलाई वीमाको बारेमा बुझाउन थाले । स्कुटर किन्ने ग्राहकहरुलाई स्कुटरको वीमा अनिवार्य थियो । त्यसरी नै उनले जीवन वीमामा पनि बचत र जोखिम बहन हुन्छ भन्दै बुझाउन थाले । केही समयपछि २०७३ बाट उनले जागिरे जीवन बिट मार्दै पूर्णकालिन समय जीवन वीमा व्यावसायलाई दिन थाले । जब उनी पूर्णकालिन भएर लागे त्यसपछि आजको दिनसम्म नारायणगढ शाखामा सँधै प्रथम भएका छन् । शाखामा मात्रै नभएर हरेक वर्ष राष्ट्रिय सम्मानमा पर्न सफल भएका छन् । हाल उनीसँग १२०० जनाभन्दा बढि विमितहरु छन् ।
नेपाल लाइफ इन्स्योरेन्समा लागेर उनले कमाइसँगै देश विदेशको पनि अनुभव बटुलेका छन् । गएको वर्ष मात्रै उनी कम्पनीबाट पवित्र स्थान मुक्तिनाथ दर्शन, गोसाइकुण्ड दर्शन, दोलखाको कालिनचोक भगवती दर्शन, रारा ताल भ्रमण, घले गाउँ भ्रमण, सुकुटे विच रिसोर्ट भ्रमण लगायत विभिन्न ठाउँहरु भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् ।
हाल उनले अधिकांश समय जीवन वीमासँग सम्बन्धित विषयमा नै खर्चिने गरेका छन् । परिवारको पनि राम्रो साथ र सहयोग पाएका उनका श्रीमती, एक छोरा र एक छोरी छन् । वीमा क्षेत्र बाहेक विभिन्न सामाजिक क्षेत्रमा पनि आबद्ध रहेका उनी जेसीज, सहकारी, लायन्स लगायत संस्थामा सक्रिय छन् ।
वीमालाई राम्रोसँग बुझाउन सक्ने क्षमताको कारण आज उनी सर्वाधिक वीमा शुल्क आर्जन गर्न सफल भएका छन् । वीमा भन्ने कुरा धनिले गर्नुपर्छ, अझ गरिबले त वीमा नगरि हुँदै हुँदैन भन्ने कुरामा सबैलाई बुझाउन सक्षम उनले विमितले आफ्नो जोखिमको मूल्यांकन गरेर मात्र वीमा गर्नुपर्ने बताउँछन् ।
यही पेसामा लागेर उनले घर, जग्गादेखि गाडीसम्म जोड्न सफल भएका छन् । आज यो स्थानमा ल्याउनको लागि सहयोग गर्ने भगवानरुपी विमित, यो क्षेत्रमा प्रवेश गराउनु हुने आदरणीय दिदी तथा मलाई हर समय साथ र सहयोगका साथै उत्साह प्रदान गर्नुहुने नारायणगढ शाखाका शाखा प्रमुख, सम्पूर्ण कर्मचारी, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली सर, नायव महाप्रबन्धक उमापति पोख्रेल लगायत सम्पूर्ण साथीहरुको सहयोग रहेको उनी बताउँछन् ।