भरतपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवन र अनेरास्ववियु जिल्ला कमिटी चितवनको आयोजनामा भोली भरतपुरमा सरकार विरुद्ध विरोध प्रदर्शन हुने भएको छ ।
हत्यारालाई कारवाही गर, पिडितलाई न्याय दे, युवा विद्यार्थी मार्न पाईदैन, नालायक सरकार चाहिदैन भन्ने नारा सहित बेलुका ४ बजे चौबिसकोठीमा प्रदर्शन हुने भएको हो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो । उक्त आन्दोलनमा दैलेख घर भएका २३ बर्षिय सुजन रावत र डोटी घर भएका २१ बर्षिय विरेन्द्र शाहको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए।







