भरतपुर, १३ पुस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) चितवनका पूर्व सहसचिव तथा बालकुमारी कलेजका अध्यक्ष प्रकाश अर्याल पुन: नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टीमा पुन प्रवेश गरेका हुन् ।
केहि समय अगाडि एमाले निकट अनेरास्ववियुमा रहेर काम गरेका अर्याल पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूमा रहेका थिए।