भरतपुर । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स चितवन एरियाको अभिकर्ता भेटघाट तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर, नारायणगढ क्षेत्रमा रहेर अभिकर्ता पेशामा आवद्ध रहेका ९० जनाको उपस्थिति रहेको कार्यक्रममा केन्द्रीय कार्यालयका प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट र क्षेत्रीय प्रवन्धक मदन गाहाले प्रशिक्षण दिनुभएको थियो ।
विमाको महत्व सगै विमा पोलिसी कसरी विक्रि गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सम्भावित घटनाक्रम सग जोडेर दिईएको प्रशिक्षण कार्यक्रममा अभिकर्ताहरू निकै उत्साहित भएका थिए ।
नारायणगढको होटल गंगोत्रीमा भएको कार्यक्रमको संचालन चितवन एरिया मेनेजर इसा प्रधानले गर्नुभएको थियो ।







