Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

भरतपुरमा मेयरका उमेद्वार विजय सुवेदी : जसले प्रदेश सांसद हुँदा केके गरे ?

चितवन,बैशाख २७ –

शालिन नेता विजय सुवेदी भरतपुरका नागरिकबीच चिरपरिचित नाम हो । गुरुयोजना सहितको व्यवस्थित विकासका लागि उहाँको नाम अग्रपंतिमा आउँछ । उहाँले हरेक आयोजनाको निर्माण गर्दा गुरुयोजना बनाएर मात्र गर्नुपर्ने र हरेक काम गर्दा दिर्घकालसम्म सोचेर मात्र गर्नुपर्ने धारणा मात्रै राख्नु हुन्न सोही अनुसार कामलाई अगाडि बढाउनुहुन्छ ।

बृहत्तर चितवनको गुरुयोजनाकार समेत रहनुभएका सुवेदीले बागमती प्रदेशको सांसद हुँदा पनि थुप्रै काम गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रको व्यवस्थित विकासका लागि विभिन्न योजनाहरु अघि बढाउनुभयो ।

उहाँले बागमती प्रदेशको सांसद हुँदा गणेशधाम परियोजना, केरुङ्गा र पुङ्गी खोला व्यवस्थापनको बहुबर्षिय योजना, हरियाली र सरसफाई अभियान, खेलमैदान र कवर्डहल निर्माण, नागरिकका लागि आपतकालिन कोष, चितवनको एतिहासिक दस्तावेज निर्माणको संयोजनसंगै सडक, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका धेरै क्षेत्रमा थुप्रै काम गर्नुभएको छ ।

उहाँले बाग्मती प्रदेश सांसदको अवधिभर आफ्नो निर्वाचन क्षेत्रमा आउने बजेटलाई दिर्घकालिन सोचका साथ न्यायपूर्ण तरिकाबाट खर्च गर्नुभएको छ । जसमा अधिकांश बजेट बहुबर्षिय योजनाका रुपमा समावेश गरिएको छ । कतिपय योजना निर्माण भइसकेका छन् भने कतिपय योजनाहरु निर्माणाधिन अवस्थामा छन् । उहाँ यसबीचमा नागरिकका सुःख दुःखमा सहभागी हुँदै जनताको साथमा रहनुभयो ।

गणेशधाम परियोजनाः

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि नेता सुवेदीको परिकल्पनामा गणेश स्थानलाई गणेशधाम परियोजना बनाई अघि बढाइएको हो । गणेशधामको आकर्षक गुरुयोजना निर्माण गरिएको छ भने प्रदेश सरकारबाट बहुबर्षिय योजनामा समावेश गरेर धमाधम काम भइरहेको छ । सो परियोजनाका लागि ७ करोड १६ लाख रुपैयाँ विनियोजन भई कतिपय काम भईसकेको छ भने कतिपय भईरहेका छन् । त्यहाँ तीन किलोमिटरको आकर्षक मावन निर्मित तला बनाइने छ भने अन्य आकर्षक संरचनाहरु निर्माण हुनेछन् ।

केरुङ्गा घोल व्यवस्थापन

भरतपुर महानगरपालिका–११ हुँदै राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गर्ने योजना सांसद सुवेदीले अघि बढाउनुभएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ती नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै घोलमा मिसाइने गरिन्छ ।

केरुङ्गा घोलले महानगरपालिकाको आधा जनसंख्यालाई असर पार्ने भएकाले संरक्षण गर्ने कार्यक्रम ल्याइएको हो । जिल्लामा पानी बग्ने नारायणी र राप्ती नदी पछिको महत्वपूर्ण घोल केरुङ्गा भएकाले यसमा भविष्यमा डुङ्गा चलाउन सक्नेगरी काम अघि बढाइएको छ । केरुङ्गामा जल यातायातसंगै दुबैपट्टी छेउमा साइकल लेनसँगै पैदलयात्रा गर्न मिल्ने गरी हरियाली बनाउने अवधारणा अघि बढाइएको छ । यो आयोजनाका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरेर धमाधम काम भइरहेको छ ।
बिचबिचमा चेक ड्याम बनाएर ढुंगा लगायतका वाटर एक्टिभिटी गर्ने योजना छ । बर्षातको पानी निकास गरी यस क्षेत्रलाई डुवान रहित बनाउने, फोहोर पानीको छुट्टै व्यवस्थापन हुनेछ । यसले भरतपुरको सुन्दरता बढाउनुका साथै तापक्रम नियन्त्रणमा सहयोग पु¥याउने छ ।

पुङ्गगी खोला व्यवस्थापन

भरतपुरको ११ को गणेशधामदेखि सुरु हुने यो खोला नारायणगढको लायन्सचोक हुँदै नारायणी नदीमा मिसिन्छ । संरक्षणको अभावमा अतिक्रमणको चपेटामा परेको पुङ्गी खोलाको सिमाङ्कनको काम भएको छ भने डिजाइन तयार भएको छ । यो परियोजनाको प्रारम्भिक काम भएको छ ।

सडकपूर्वाधार

सुवेदीले सांसद हुँदा भरतपुर गितानगर हुँदै जगातपुर निस्कने हुलाकी सडकको बाइपासको रुपमा पुलचोकबाट धारापानी हुँदै पञ्चरत्न फिल्ड, कैशालनगर, गितानगर हुँदै पटिहानीसम्मको सडकका लागि बजेट विनियोजन गरेर काम गरिएको छ भने भरतपुरको बाइपासलाई पनि अझै बाइपास बनाउने हिसाबले भरतपुर बसपार्कबाट घोलबजार, गणेशधाम हुँदै आँपटारी निस्कने सडक निर्माणको काम गरिएको छ । यस्तै सांसद सुवेदीको निर्वाचन क्षेत्र पर्ने ७ वटा वडाका विभिन्न सडक निर्माण गरिएको छ ।

बाइपास सडक चार लेनको बनाउन पहल

बाइपास सडक विस्तारको क्रममा दुई लेनको मात्र स्वीकृत भएर काम अगाडी बढेको थियो । त्यसलाई संशोधन गरी चार लेन बनाउन सुवेदी मन्त्रालयसम्म पुग्नुभएको थियो । सो सडक निर्माणका क्रममा निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि उहाँले धर्ना समेत दिनुभएको थियो । सडक निर्माणलाई तिब्रता दिन उहाँको पहलमा जिल्ला प्रशासन कार्यालयमा एक दर्जन बढी सर्बपक्षीय बैठक गरिएको थियो । अहिले बाइपास सडक चार लेनको रुपमा विस्तारको काम भइरहेको छ ।

भरतपुरमा लाइसेन्स रिन्यूमा पहल

भरतपुरस्थित यातायात व्यवस्था कार्यालयबाट लाईसेन्स रिन्यू सहितको व्यवस्थाको पहलमा सुवेदी निरन्तर खटिनुभयो । उहाँले जिल्लाका सरोकारवालालाई पटक पटक प्रदेश सरकारका मन्त्री समक्ष लगरे झक्झकाउने काम गर्नुभयो । तत्कालिन सचिव संजिव बराल र भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल हुँदा भरतपुरबाटै लाइसेन्सको नविकरण गर्ने र यहाँबाटै लाइसेन्द प्रदान गर्ने नीतिगत निर्णय भएको थियो । भरतपुरबाट लाइसेन्सको नविकरणको काम सुरु भएको छ भने नयाँ लाइसेन्सका लागि अन्तिम तयारी हुँदैछ ।

वातावरण र सरसफाईका क्षेत्रमा काम

वातावरण संरक्षणमा सुवेदीले निरन्तर काम गर्दै आउनुभएको छ । उहाँले भरतपुरलाई सफा सुन्दर बनाउनुपर्छ भन्ने उद्देश्यले गोन्द्राङको राइनोताल, नवजागृतिमा पार्क निर्माण प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गराउनुभएको छ । त्यस्तै प्रदेश सरकारकै बजेटबाट गोन्द्राङ र भरतपुर अस्पताल अगाडी शौचालय निर्माण गरिएको छ । वे गु्रप लगायतका संघसंस्थाले आयोजना गर्ने नियमित साप्ताहिक सरसफाई कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुन्छ । उहाँले हरेक जन्मदिनमा वृक्षारोपण समेत गर्दै आउनुभएको छ ।

खेल मैदान र कबर्डहल निर्माण

खेलकुदको विकासका लागि बाग्मती प्रदेश सांसदको कोषबाट आकर्षक कृष्णपुर खेल मैदान निर्माण गरिएको छ । त्यस्तै एक करोड रुपैयाँ खर्चेर गेष्टहाउस चौरमा रहेको कबर्ड हलको मर्मत, आन्नदपुरको कवर्ड हल निर्माण गरिएको छ ।

फोहोरबाट ग्याँस उत्पादन

सांसद सुवेदीले घरबाट दैनिक निस्कने फोहोरको व्यवस्थापनको अवधारणालाई प्राथमिकताका साथ अघि बढाउनुभयो । उहाँले घरबाट निस्कने फोहोरबाट ग्याँस उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण भरतपुरका विभिन्न टोलमा प्लान्ट जडान गरेर काम गर्नुभयो । अहिलेपनि भरतपुरका विभिन्न टोलमा फोहोरबाट ग्याँस बालेर खाना पकाइन्छ ।
उहाँले मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कौसी खेती र फलफुलका विरुवा रोप्ने कार्यक्रम पनि प्राथमिकताका साथ अघि बढाउनुभयो ।

शैक्षिक सुधारमा अग्रसरता

बाग्मती प्रदेश सांसद हुँदा विद्यालय सुधारमा पनि सुवेदी अग्रसर भएर काम गर्नुभयो । राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुर र मोहन माध्यमिक विद्यालयमा काम गर्दै सिक्दै पढ्दै कार्यक्रम सञ्चालन भएको छ ।

टोलटोलमा आपतकालिन राहत कोष स्थापना

सुवेदीले भरतपुरका टोलटोलमा आपतकालिन राहत कोष स्थापना गर्नुभएको छ । यस कोषमा जुनसुकै प्रकृतिको विपतमा पनि मानिसलाई सहयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा विभिन्न टोलमा ५० हजारको कोष स्थापना भएको छ । त्यसबाट विपन्न नागरिकहरु लाभाम्वित भएका छन् ।

निर्वाचन क्षेत्रमा नियमित घरदैलो

आफ्नो निर्वाचन क्षेत्रमा नियमित घरदैलो गर्दै जनताका समस्या बुझ्ने र समाधानका लागि सुवेदीले पहल गर्नुभयो । उहाँले अस्पतालमा आउने विरामीदेखि शिक्षाबाट वन्चित रहेका बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउनका लागि सहयोग गर्नुभएको छ ।

विभिन्न भौतिक संरचनाहरु निर्माण

प्रदेश सांसद हुँदा सुवेदीले विभन्न सामुदायीक भवन, टोल विकास संस्थाका भवन, आमा समूह, युवा समूह र जेष्ठ नागरिकका लागि विभिन्न कार्याक्रम र योजना ल्याउनुभएको थियो ।

चितवन दर्पण एतिहाँसिक दस्तावेजका संयोजक

सुवेदीको संयोजकत्वमा चितवनको इतिहास, वर्तमान र भविष्य परिकल्पना सहितको पुस्तक प्रकाशन भएको छ । जिल्ला समन्वय समिति चितवनसँगको सहकार्यमा प्रकाशन गरिएको पुस्तक चितवनको दस्तावेजको रुपमा प्रकाशन भएको छ । लोभलालच, मोहन, ऋणबाट टाढै रहनु हुने सादगी नेता सुवेदी पदमा हुँदा वा नहुँदा पनि सदा जनताको सेवामा समर्पित हुँदै आउनु भएको छ ।

 

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ताजा समाचार

सबै

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.