माधव सापकोटा
पौष ८, चितवन
२०३१ सालमा प्रतिष्ठा भई संचालन हुँदै आएको र २०७४ सालदेखि जीर्णोद्धारात्मक नव निर्माण प्रारम्भ भएर दाक्षिणात्य कलात्मक शैलीमा नव- निर्मित दिव्य भव्य श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनमा आगामी फागुन २ देखि १० गतेसम्म गोवर्धन रङ्गाचार्य “बालक स्वामी”ज्यूको परम प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्व तथा नेपाल-भारतका प्रमुख सन्त- महात्माहरूको उपस्थितिमा हुने श्रीलक्ष्मीवैकुण्ठनाथ नव मन्दिर प्राण- प्रतिष्ठा महायज्ञ महा-महोत्सव २०८० सम्पन्न गर्न पछि विस्तार हुने गरी आज २६ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ।
मन्दिर प्राङ्गणमा आज बसेको भेलाले मीडिया प्रचार – प्रसार संयोजकमा माधव सापकोटा ,जन- सम्पर्क तथा प्रचार – प्रसार संयोजकमा ठाकुरप्रसाद कँडेल , सदस्यमा दामोदर खनाल,लेखन- सम्पादन – प्रकाशन संयोजकमा डा. लक्ष्मीनाथ कँडेल, यज्ञ-सामग्री व्यवस्थापन संयोजकमा बलराम सुवेदी, सदस्यमा ज्यो. हरिकृष्ण सुवेदी,आपूर्ति संयोजकमा रामप्रसाद कँडेल,सदस्यमा प्रकाश कँडेल, साउण्ड सिस्टम ,पन्डाल तथा युवा परिचालन संयोजकमा हरीश कँडेल ,सरसफाइ संयोजकमा सन्तोष गौतम, सचिवालय व्यवस्थापन संयोजकमा रामचन्द्र सापकोटा ,अन्ताराष्ट्रिय सम्पर्क समन्वय संयोजकमा सोम सापकोटा ,स्वास्थ्य शिविर एवम् प्राथमिक उपचार संयोजकमा डा. आशुतोष कँडेल , मञ्च व्यवस्थापन तथा पूर्व विद्यार्थी सम्पर्क संयोजकमा डा. गोपीनाथ कँडेल, आचार्य स्वागत सम्मान संयोजकमा वासुदेव पौडेल , मोटर साइकल र्याली संयोजकमा अर्जुन सापकोटा, सदस्यमा यमलाल भण्डारी, धार्मिक एवम् सामाजिक संघ-संस्था-सम्पर्क-समन्वय संयोजकमा फूलनाथ निउरे, पार्किङ तथा जुत्ताचप्पल व्यवस्थापन संयोजकमा गोपाल रेग्मी, भण्डार व्यवस्थापन संयोजकमा बलराम कँडेल,
अर्थ संकलन तथा लेखा संयोजकमा दयाराम कँडेल, सह- संयोजकमा माधवप्रसाद सापकोटा , डिलाराम कँडेल, नारायणप्रसाद खरेल, शोभायात्रा व्यवस्थापन संयोजकमा लीलावती सापकोटा कँडेल , संस्थापक/ पूर्वसमिति/ दाता- नामसंकलन संयोजकमा लक्ष्मी रिजाल सापकोटा , यजमान खोजी तथा दाता पहिचान संयोजकमा गोविन्दप्रसाद कँडेल, प्रसाद / फलफूल वितरण संयोजकमा भावना सापकोटा सदस्यमा शान्ति कँडेल , गङ्गा कँडेल , राधिका कँडेल, मातृशक्ति परिचालन उपसमितिको संयोजकमा तुलसी निउरे, सह- संयोजकमा लीला कंडेल , महिला स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा सुभद्रा कंडेल , पूजासामग्री, पुष्पमाला व्यवस्थापन उपसमितिको संयोजकमा गङ्गा सापकोटा , निमन्त्रणा पत्र वितरण उपसमितिको संयोजकमा रीता कंडेल , बत्ती संकलन उपसमितिको संयोजकमा जागृति महिला समूह, आदर्श महिला समूहलाई चयन गरेको छ।
मन्दिरका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको पावन सान्निध्य तथा मन्दिरका संस्थापक भूपतिदास सापकोटा , नेपाल अडिटर एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामजीप्रसाद अधिकारीलगायतका भक्तजनहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। मूल समितिका संयोजक कमलनयन कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले यस क्षेत्रको पुरानो मन्दिरको प्रतिष्ठा कार्यक्रमलाई सम्पन्न गर्न सबै एकजुट भएर लाग्न आह्वान गरेका थिए। कार्यक्रमको संचालन सचिव डा.गोपीनाथ कंडेलले गरेका थिए।







