Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

बस वितरणमा भरतपुर महानगरपालिकाको विभेद

चितवन, २७ वैशाख-
भरतपुर महानगरपालिकामा रहेका १२२ सामुदायिक विद्यालय मध्ये आधा भन्दा बढी कमजोर छन् । जहाँ पर्याप्त दरबन्दी देखि गुणस्तरीय शौचालय सम्म छैन । विद्यालयमा दक्ष जनशक्ति नहुँदै शैक्षिक गुणस्तर बढ्न सकेको छैन । पक्की भवनसम्मको अभाव छ । कति कमजोर विद्यालयहरु यो गर्मीमा टिनको टहरामुनि विद्यार्थी पढाउन बाध्य भएका छन् । मुस्किलले चलेका कमजोर विद्यालय भरतपुर महानगरपालिकामा छायाँमा परेका छन् ।

आफ्नो आयस्रोत प्रशस्त भएका विद्यालयलाई भरतपुर महानगरपालिकाले स्कुल बस वितरण गरिरहँदा कमजोर विद्यालयले दरबन्दी पाएका छैनन् । मुस्किलले दुई÷तीन दरबन्दी लिएर माध्यमिक विद्यालय बस्न बाध्य छन् ।
एकातिर सम्पन्न मनग्यै आम्दानी भएका विद्यालयलाई स्कुल बस वितरण गर्दा त्योसँगै रहेका नजिकको अर्को विद्यालय मारमा परेका छन् । ठूला विद्यालय स्कुल बस घुमाएर साना विद्यालयबाट विद्यार्थी ओसारेपछि साना विद्यालयमा विद्यार्थी संख्या नै घट्ने देखिएको छ ।
अघिल्लो पटक ५ वटा विद्यालयलाई स्कुल बस वितरण गरेको महानगरले यसपटक घटाएर दुई वटा विद्यालयलाई मात्र वितरण गरेको छ । स्कुल बस वितरण पनि समानुपातिक ढंगबाट हुन नसकेको गुनासो छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देलले २०७७÷७८ मा ५ वटा विद्यालयलाई अनुदानमा स्कुल बस वितरण गरेको बताए । उनले भने, ‘कविलास मावि, नारायणी नमुना मावि, भीमनगर मावि, लक्ष्मी मावि, प्रभात माविले स्कुल बस लगिसकेका छन् ।’ २०७८÷७९ मा स्कुल बस वितरणमा घटाइएको छ । दुई विद्यालयलाई स्कुल बस दिने त भनिएको छ, तर चुनावका कारण बसको लागि दिने बजेट निकासा भएको छैन । भरतपुर १६ को मावि ढड्डाघारी र साझापुर मावि अनुदानमा बस लिने लाइनमा बसिरहेका छन् ।
अघिल्लो पटक बस पाएका पाँच विद्यालय मध्ये कविलास माविबाहेक अरु चार वटा विद्यालय आम्दानी बढी भएको विद्यालय पर्छन् । जहाँ कि स्कुल आफैँले बस किनेर चलाउन सक्नेछ ।

आम्दानी बढी भएका विद्यालयले नै अनुदानमा स्कुल बस पाएका छन् । चितवनमै सबै भन्दा बढी आम्दानी भएको विद्यालय भित्र पर्छ, नारायणी नमूना मावि । प्रभात माविको मासिक ६० हजार जग्गा भाडामात्रै आउँछ । लक्ष्मी मावि र भीमनगर माविको पनि जग्गा पर्याप्त छ र भाडाबापत् प्रशस्त आम्दानी छ । धनी विद्यालयमा गनिएका यी नै विद्यालयले स्कुल बस पाइरहँदा गरिब विद्यालयले दरबन्दी पाएका छैनन् ।
एउटा मात्रै स्थायी दरबन्दी लिएर मावि चलिरहेको मावि शशीनगरलाई जब महिना मर्छ, तब तलब खुवाउन ऋण खोज्नुपर्ने अवस्था छ । मावि शशीनगरका प्रधानाध्यापक चिरनदास श्रेष्ठ भन्छन्, ‘माविमा एउटामात्र स्थायी दरबन्दी छ, दुई वटा अनुदान कोटा छ । अभिभावकको चन्दाको भरमा स्कुल चलाइएको छ ।’

नजिकका धनी विद्यालयले स्कुल बस पाइरहँदा जिरो आम्दानी भएको हाम्रोजस्तो विद्यालयले दरबन्दी नपाउँदा अत्यन्तै दुःख लागेको उनी बताउँछन् ।
मावि शशीनगर नजिकै रहेको भीमनगर माविले अनुदानमा भरतपुर महानगरबाट बस पाएको छ । ‘भीमनगर माविले महानगरबाट बस पायो, हाम्रो क्षेत्रबाट विद्यार्थी ओसार्छ, एकातिर हामीलाई स्कुलमा विद्यार्थीको संख्या घट्ने भन्ने डर, अर्कोतिर धनी विद्यालयले बस पाईरहँदा गरिब विद्यालयलाई दरबन्दी छैन ।’
उनका अनुसार सम्पन्न विद्यालयलाई सुविधा थप्नुभन्दा विपन्न विद्यालयलाई दरबन्दी थपे कति खुसी भइन्थ्यो ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देल मापदण्ड बनाएर स्कुल बस वितरण गरेको बताउँछन् । धनी विद्यालयको भागमा स्कुल बस परेको हुनसक्छ, तर महानगरले प्राविधिक धार चलाएका र विज्ञान विषय चलाएका धेरै विद्यार्थी संख्या भएका विद्यालयसँग निवेदन मागेर विद्यालय छनौट गरेको उनी बताउँछन् ।

भीमनगर माविका प्रधानाध्यापक कोमलनाथ घिमिरे विद्यार्थी र विद्यालय हेरेर बस सुविधा दिनुपर्ने बताए । उनले भने, ‘दरबन्दी नपुगेका विद्यालयलाई दरबन्दी दिने, टाढाबाट विद्यार्थी आउँछन् भने त्यस्ता विद्यालयलाई यातायातको सुविधाको लागि अनुदानमा बस दिने गर्नुपर्छ । जुन विद्यालयलाई जे आवश्यक छ, त्यही किसिमको सेवासुविधा दिनुपर्छ ।’ उनका अनुसार दरबन्दी काटेर स्कुल बस दिनुपर्छ भन्ने होइन, दुबै सुविधालाई सँगसँगै लैजानुपर्छ ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे
पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

ताजा समाचार

सबै

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.