माधव सापकोटा –
मङ्सिर ३०, चितवन
२०३१ सालमा स्थापना भई संचालन हुँदै आएको र २०७४ सालदेखि जीर्णोद्धारात्मक नव निर्माण प्रारम्भ भएर दाक्षिणात्य कलात्मक शैलीमा नव- निर्मित दिव्य भव्य श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर , भरतपुर-४, धर्मचोक,लंकु, चितवनको आगामी फागुन २ देखि १० गतेसम्म गोवर्धन रङ्गाचार्य बालक स्वामीज्यूको परम प्रधान आचार्यत्वमा नेपाल-भारतका प्रमुख सन्त- महात्माहरूको उपस्थितिमा प्राण- प्रतिष्ठा महोत्सव हुने भएको छ ।
मन्दिरका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको सभापतित्वमा मन्दिर प्राङ्गणमा आज आयोजित विशेष बृहद् भेलाले कमलनयन कँडेलको संयोजकत्वमा पछि विस्तार हुने गरी महोत्सव सम्पादन मूल समिति गठन गरेको छ ।
यस्तै समितिको सह- संयोजकमा तुलसीराम सापकोटा , सोम सापकोटा , यमुना आचार्य ,रामजी पौडेल ,विष्णु सापकोटा , नरेश्वर सापकोटा , भवानी सापकोटा सचिवमा डा. गोपीनाथ कँडेल, सह- सचिवमा डा. लक्ष्मीनाथ कंडेल , रामचन्द्र सापकोटा , माधव सापकोटा ,बलराम सुवेदी, हरीश कंडेल कोषाध्यक्षमा रोमाकान्त कंडेल , सह- कोषाध्यक्षमा ज्यो. माधव सापकोटा , नवराज सापकोटा , रामप्रसाद कंडेल ,लक्ष्मी रिजाल सापकोटा , नारायणप्रसाद सापकोटा सदस्यहरूमा हरेराम सापकोटा , श्रीलाल कंडेल ,भागीरथ कंडेल ,जयकिशोर पाण्डेय, गोविन्दप्रसाद कंडेललगायत हुनुहुन्छ ।
यस्तै भेलाले टीकाराम कंडेलको संयोजकत्वमा सल्लाहकार समितिसमेत गठन गरेको छ। सदस्यमा कलाधर अर्याल, ईश्वरीप्रसाद कंडेल , भूपतिदास सापकोटा , चेतनारायण सापकोटालगायत हुनुहुन्छ । त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका पूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्य, शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, शेषलक्ष्मीनारायण मन्दिर , क्षेत्रपुरका महान्त स्वामी पद्मनाभाचार्य, भरतपुर -४ का पूर्व वडाध्यक्ष हरिप्रसाद आचार्य , मन्दिर संचालक समितिका पूर्व उपाध्यक्ष सावित्री कंडेल ,वीरेन्द्र बहुमुखी क्याम्पसका सह- प्राध्यापक दामोदर रिजाल, मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा ,कवि एवम् गायक हीरालाल कंडेललगायतका महानुभावहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन कालिका संस्कृत गुरुकुलका प्राचार्य डा.रामचन्द्र कंडेलले गर्नुभएको थियोे ।







