काठमाडौं, मंसिर १८
लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।