काठमाडौँ, १७ मङ्सिर
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।