Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

धनुषा, १० मङ्सिर
‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीहरुले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिदैछ ।

सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् ।

यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । जनकपुरधाम–२ की नितु मिश्र भन्नुहुन्छ, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।” मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताउनुहुन्छ । उहाँले सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताउनुभयो ।

समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीहरूले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ’चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । “कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ” क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाकी अनिता यादवले भन्नुहुन्छ ।

सामा भनेको दिदीबहिनी तथा चकवा भनेको दाजुभाइलाई बुझाउने गरेको यादवले बताउनुभयो । यो पर्वमा माटोको समाचकेवाको भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समाचकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको समाजशास्त्री नागेन्द्र दुबेले बताउनुभयो । दुबेका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत रूपमा अन्त्य गरिन्छ ।

सामाचकेवा पर्वका लागि बजारमा थरिथरिका माटाका मूर्तिहरू बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समाचकेवामा प्रयोग हुने मूर्तिहरू आफैं बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् । पञ्चमीदेखि दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारांै दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन् –

‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

अर्थात्, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामाचकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । कापडीका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा पर्व
पद्म पुराणमा उल्लेख भए अनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।

आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामाचकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।रासस

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

ताजा समाचार

सबै

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech