चितवन, २३ कात्तिक
चितवनमा नक्कली सुनलाई लोगो छापसहित सक्कली बनाएर ठगी गर्न खोज्ने पहेंलो धातुसहित दुईजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्कुटर चालक संखुवासभा सभापोखरी गाउँपालिका वडा नं. ०३ घर भएका हाल काठमाण्डौँ महानगरपालिका नं. ४ चक्रपथ बस्ने ४३ बर्षीय कमल अधिकारी र सोहि स्कुटरमा सवार सिन्धुली फिकल गाउपालिका वडा नम्बर ३ घर भई हाल सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने ४३ बर्षीय दिल बहादुर थापा रहेका छन् ।
हेटौँडाबाट भरतपुर तर्फ आउदै गरेको बागमती प्रदेश ०३९ प ७५३२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
नक्कली सुनलाई लोगो छापसहित सक्कली बनाएर रकम ठगी गर्ने उदेश्यले उक्त धातु लिएर हिडेको प्रहरीले जनाएको छ ।
उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







