• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ १७, २०८२
☰
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ८. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ९. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • १०. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

दिपावलीमा दियो किन बालिन्छ ? यस्तो छ तथ्य

काठमाडौँ, २२ कात्तिक
तिहारमा दियो बाल्नु वा झिलिमिली बनाउनुको खास अर्थ र महत्व छ । धार्मिक, सामाजिक, मनोवैज्ञानिक महत्व छ ।

तिहार शरद ऋतुमा पर्छ । यो भनेको जाडो महिनाको प्रारम्भ हो । यही बेलादेखि वायुमण्डलमा चिसो हावा चल्न थाल्छ । रात लामो र दिन छोटो हुन्छ । हरियाली हराउँदै जान्छ । मौसम सुख्खा र उदास हुन्छ । ठिक यही सेरोफेरोमा हामी दीपावली मनाउँछौं ।

औंसीको अँध्यारो रातमा हामी झिलिमिली दियो, बत्ती बालेर तिहार मनाउँछौं ।

यसलाई दीपोत्सव पनि भनिन्छ । ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ । दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको छ । सूर्य, जो जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । र, हिन्दु क्यालेन्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्थिती बदल्छ ।

अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । यसले सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ ।

पंक्तिवद्ध दिपको महत्व
जब बारीको कान्लामा लहलह सायपत्री फूलेको देखिन्छ, हामीलाई तिहारको झझल्को आउँछ । सायपत्रीको सुगन्धले पनि हाम्रो मनमा बेग्लै रोमाञ्चकता पैदा गर्छ ।

तर, अहिले प्लाष्टिकको फूल छ्यापछ्याप्ती छ । के प्लाष्टिकको फूलले सायपत्री फूलको जस्तै मनलाई सुशोभित गराउँछ ? पक्कै गराउँदैन ।

त्यस्तै अहिले विद्युतिय दियोको प्रचलन छ । जबकी विद्युतिय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । तर, विद्युतिय दियोमा त्यस्तो अनुभूत गर्न सायदै सकिएला ।

तर, आज हामीलाई हतार छ । छिटो-छरितो ढंगले कुनैपनि काम फत्ते गर्न चाहन्छौं । यस्तो अवस्थामा हामीलाई प्लाष्टिकको फूल, विद्युतिय दियो सहज लाग्छ ।

यद्यपी तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ ।

तेत्रायुगमा सुरु भएको थियो, दियो बाल्ने चलन
दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो । र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ ।

भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ ।

यसबाहेक पनि अर्को भनाई छ, दिपावलीमा दियो जलाउनाले माता लक्ष्मी र भगवान गणेश प्रशन्न हुन्छन् । र, सुख, शान्ती तथा समृद्धिको आर्शीवाद दिन्छन् । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार घरमा दियो जलाउनाले घर शुभ हुन्छ । घरमा सुख, शान्ती तथा समृद्धीले प्रवेश गर्छ । अशुभ कुरा नष्ट भई वातावरण समेत सकारात्मक हुन्छ ।

यसलाई फरक ढंगले पनि व्याख्या गरिन्छ । औंशीको रात भनेको कालो रात हो । यस रात दियो जलाउँदा उज्यालो छाउँछ । यसले के संकेत गर्छ भने, अँध्यारोलाई जित्नका लागि उज्यालो चाहिन्छ । चाहे मनको अँध्यारो होस् वा अज्ञानताको, आफैभित्रको अँध्यारोलाई जित्नका लागि ज्ञानको, उमंगको उज्यालो आवश्यक हुन्छ ।

दीपावली र लक्ष्मीको आगमन
लक्ष्मी धनकी देवी । अर्थात धनको प्रतिक मानेर लक्ष्मीको पूजाआजा गरिन्छ । जब हामी धन-ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ । यस्तै संदेश दिनका लागि दीपावलीमा दिप जलाउने, घर सफासुग्घर राख्ने, फूलमालाले सजाउने गरिन्छ ।

दियो बाल्दा छुटाउन नहुने स्थान
दिपावलीमा माटोको दियोकोे विशेष महत्व हुन्छ । घरका कुनामा बत्ती बाल्दा यो कुरा जान्न जरुरी छ, कि कुन कुन स्थान महत्वपूर्ण छ । घरमा दियो बाल्नु पूर्व सबैभन्दा पहिले माता लक्ष्मी तथा भगवान गणेशको तस्विर वा मुर्तीको अगाडि दियो बाल्नु पर्छ । त्यसपछि घरको कुलदेवता, इष्ट देवता तथा गंगा माताको नाममा दियो जलाउनु पर्छ । यी दियोलाई घरको मन्दिर वा आसपासको कुनै मन्दिरमा राख्नुपर्छ ।

त्यसपछि घरको मुल ढोका, अन्य झ्यालढोका, बार्दली हुँदै घरको छतमा दियो जलाउनु पर्दछ । नजिकैको पिपलको बोटमा पनि दियो जलाउनु पनि शुभ मानिन्छ ।

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा
तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ
निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

ताजा समाचार

सबै

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

बाढीमा बगेर दुई युवकको मृत्यु

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

निजामती विधेयक विधायन समितिबाट पास

राति पनि होटल खोल्न पाउनुपर्ने तुलसीपुरका होटल व्यवसायीको माग

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

महाकाली नदीको कटानले बस्ती जोखिममा

नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिक रहित

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, १५ जना घाइते

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.