काठमाडौं, २ कात्तिक
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज (बिहीबार) प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसयता यो मूल्यभन्दा तल कारोबार हुँदै आएको थियो ।
बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।