भरतपुर,२९ असोज।
गैंडाकोट ५ नवलपुरका नव दाम्पत्य जोडी सामाजिक व्यक्ति रमेश राज भण्डारी र विनिता भुसालले हिजो घटस्थापनामा सम्पन्न वैवाहिक उत्सव र आज परेको जन्मदिनको अवसरमा भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रममा आर्थिक सहयोग गर्नु भएको छ।
नव जोडीले विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विवस,अनाथ, अशक्त व्यक्तिहरूको सेवा दिँदै आएको चितवन मानव सेवा आश्रममा रहनु भएका बुवाआमाहरुलाई आज बिहानको खाना खुवाएर सहयोग गरेको हो।







